प्युठान, रुपन्देही र उदयपुरमा तीनजना किशोरीलाई बलात्कार गरेको आरोपमा तीनजना पुरुष पक्राउ परेका छन्।
प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३२ वर्षका युवक पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका-१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मा छन्।
उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। तिलकले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरि उदयपुरमा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षका युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका-७ हाडेबास बस्ने २० वर्षीय बिपु परियार रहेका प्रहरीले जनाएको छ।
उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
त्यसैगरि रूपन्देहीमा पनि १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चन गाँउपालिका-१ बस्ने ४२ वर्षीय मन बहादुर थारू रहेका प्रहरीले जनाएको छ।
उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
मन बहादुरले ती शिकोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया