स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगमका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै स्थानमा धमाधम फर्काउन थालेको छ। मन्त्रालयले नवौँ र दशौँ तहका थप सात जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गर्ने निर्णय गरेको छ।
यसअघि मंगलवार १४ जना चिकित्सकको काज फिर्ता गरेको थियो। आज थप साता जनालाई दरबन्दी भएको अस्पतालमा पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले पहुँचका आधारमा काठमाडौँ र अन्य सुगम क्षेत्रका अस्पतालमा वर्षौँदेखि कार्यरत रहेका चिकित्सकलाई दरबन्दी भएको स्थानमा पठाइएको हो।
मन्त्रालयले डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी, डा. दिवस सापकोटा र डा. रन्जु पोखरेलको काज फिर्ता गरेको हो।
उनीहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ। अहिलेसम्म उनीहरू कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पतालमा काजमा काम गर्दै आएका थिए।
Shares

प्रतिक्रिया