समाज


पहुँचको भरमा काज मिलाएर बसेका १४ जना चिकित्सकको काज फिर्ता

पहुँचको भरमा काज मिलाएर बसेका १४ जना चिकित्सकको काज फिर्ता

नेपालखबर
चैत १७, २०८२ मंगलबार १५:१२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज मिलाएर बसेका १४ जना विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गरेको छ।

मन्त्रालय पहुँचको भरमा सुगमका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्काएको हो। 

स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य सेवा प्रवाह सन्तुलित बनाउन र दुर्गममा विशेषज्ञ चिकित्सकको समस्या सुल्झाउन पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएकी हुन्। 

दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ सेवाको उपलब्धता सुनिश्चित गर्न सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण बनाउन यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगन्ज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ता गरेको छ।  

डडेल्धुरा अस्पतालमा ४, नारायणी अस्पताल वीरगन्जमा ५ र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad