ad ad

समाज


नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, सबै युवा

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, सबै युवा

नेपालखबर
जेठ २, २०७७ शुक्रबार २:४२,

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहानै दिएको जानकारीअनुसार यो समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ।

शुक्रबार थपिएका ९ संक्रमितमा १८ वर्षदेखि ३७ वर्षसम्म उमेरका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार थपिएका ती ९ संक्रमितमा बाँके नरैनापुर वडा नम्बर १, ३ र  ५ का १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षका पुरुष छन्। यस्तै मकवानपुरका ३७ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे उनले जानकारी दिएका छन्। 

हर्नुहाेस्, स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जारी गरेकाे विज्ञप्ति:

bi1111

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .