सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौँबाट अर्की महिलालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गरेर घृणा, द्धेष फैलाई चरित्रहत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया भगवती खड्का छिन्।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए।
खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
423
Shares

प्रतिक्रिया