आज (बुधबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस डिग्री थियो। यस हिसाबले आज यहाँको न्यूनतम तापक्रम कम्तीमा २ डिग्री सेल्सियस घटेको छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम देखिएको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
'आज दिनभर उपत्यकाको मौसम आंंशिक बदली रहने देखिन्छ', उनलेे बुधबार बिहान नेपालखबरसँग भने, 'पानी पर्ने सम्भावना भने कम देखिएको छ।'
आंशिक बदली भनेको आकाशमा पातलो गरी बादल लाग्ने र घाम पनि देखिने अवस्था हो।
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया