समाज


कन्टेनर भिरबाट खस्दा २ जनाको मृत्यु, मोटरसाइकल र टिपरले ठक्कर दिँदा थप २ को ज्यान गयो

कन्टेनर भिरबाट खस्दा २ जनाको मृत्यु, मोटरसाइकल र टिपरले ठक्कर दिँदा थप २ को ज्यान गयो

नेपालखबर
चैत १२, २०८२ बिहिबार १३:५४, काठमाडौँ

रसुवा, धनुषा र मोरङमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। 

रसुवाको कालिका गाउँपालिका-१ ग्राङजुङ डाँडाभिरमा कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना.६ ख ५४९८ नम्बरको कन्टेर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको हो।  

दुर्घटनामा कन्टेनर चालक कालिका गाउँपालिका-१ राम्चे बस्ने ३९ वर्षीय पासाङ तामाङ र गाडीमा सवार सोही गाउँपालिका-२ बस्ने २६ वर्षीय पेम्बा छेवाङ थोक्राको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि मोरङको कानेपोखरी गाउँपालिका-७ जहदामा टिपरले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ। 

जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को.१ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय विरेन्द्र कार्कीको बिहीबार बिहान मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

धनुषाधाम नगरपालिका-३ धनुषाधाम बजारमा धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००८ प ६५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनुषाधाम नगरपालिका-३ धनुषाधाम बजार बस्ने ७५ वर्षीय राजेश्वर महराको मृत्यु भएको हो। 

बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको ओम दिर्घायु अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad