समाज


त्रिवि शिक्षण अस्पतालमा ६ वर्षीया बालिकालाई कोरोना पुष्टि भएपछि सम्पर्क व्यक्तिको खोजी थालियो

त्रिवि शिक्षण अस्पतालमा ६ वर्षीया बालिकालाई कोरोना पुष्टि भएपछि सम्पर्क व्यक्तिको खोजी थालियो

नेपालखबर
जेठ १, २०७७ बिहिबार ६:५२,

त्रिवि शिक्षण अस्पतलामा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।

कपिलबस्तुबाट उपचारका लागि आएकी ती बालिका अस्पतालको नाक कान घाँटी विभागमा उपचाररत थिइन्।

उनको चेकजाँचपछि शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पतालले उनलाई भर्ना गरेराखेको थियो।

बालिकामा कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा अहिले बैठक बसिरहेको र अब बाँकीको ट्रेसिङका लागि छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पताले बालिकाको उपचारमा संलग्न चिकित्सक र बालिकासँगै रहेका बिरामीलाई क्यारेन्टिनमा राख्नेगरी तयारी गरिरहेको छ। अस्पतालले गणेशमानसिंह भवनमा आइसोलेसन वार्ड बनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँ प्रहरीका एसपी सोम्न्द्रसिंह राठौरले बालिकाको सम्पर्कमा रहेका व्यक्तिको ट्रेसिङ सुरु भएको जानकारी दिए।

अस्पतालले बालिकाको उपचार र सम्पर्कमा रहेकाको ट्रेसिङ सुरु गरेको र बाहिरको प्रहरीले गरिरहेको उनले जानकारी दिए। उनले बालिकामा कोरोना संक्रमण पुष्टि भएपनि अस्पताल भने सिल गर्न नमिल्ने र अस्पतालले सोही अनुसारको तयारी गरिरहेको बताए।

‘अस्पताल सिल गर्न मिल्दैन, अस्पतालभित्र बालिकाको उपचारमा संलग्न र उनको सम्पर्कमा रहेका व्यक्तिको ट्रेसिङ अस्पतालले गर्ने र बाहिरको प्रहरीले गर्नेगरी चतयारी भइरहेको छ’, एसपी राठौरले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad