अमेरिकाले कोरोनाविरुद्ध खोप निर्माण गर्न अनुसन्धान गरिरहेको छ साथै अमेरिकाले कोरोनाको परीक्षण र उपचारमा ठूलो फड्को मारिरहेको बताएको छ।
चीनले खोप विकास, कोरोना परीक्षण विधि र उपचार विधिमा पहुँच पाउन ह्याकिङको प्रयास गरेको प्रमाण फेला परेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले जनाएको छ।
विश्वभर ४३ लाखभन्दा बढीमा कोरोना देखिएको छ। अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ मात्र १४ लाखभन्दा बढीमा कोरोना देखिएको छ।
अमेरिकाले आफ्नो देशमा धेरै परीक्षण भएकाले त्यहाँ धेरै संक्रमित पुष्टि भएको दाबी गर्दै आएको छ। चीनले ह्याकिङको विषयमा प्रतिक्रिया जनाएको छैन।
यद्यपी गतहप्ता चीनको विदेशमन्त्रालयले कोरोना नियन्त्रण गर्न र कोरोनाविरुद्धको अनुसन्धानमा चीन सबैभन्दा अगाडि भएका कारण अन्यदेशहरुले चीनबारे भ्रम फैल्याउने कार्य गरेको बताएको थियो। एजेन्सी

प्रतिक्रिया