समाज


आज काठमाडौँमा कोरोना पुष्टि भएका व्यक्ति सशस्त्रका जवान, संक्रमित महिलासँगै कोहलपुरबाट आएका थिए

आज काठमाडौँमा कोरोना पुष्टि भएका व्यक्ति सशस्त्रका जवान, संक्रमित महिलासँगै कोहलपुरबाट आएका थिए

नेपालखबर
जेठ १, २०७७ बिहिबार ६:२३,

सशस्त्र प्रहरीका अर्का जवानमा पनि कोरोना संक्रमण देखिएको छ। बिहीबार संक्रमण देखिएका दुई जनामध्ये ३२ वर्षीय पुरुष सशस्त्रका जवान रहेको खुलेको हो।

उनी वैशाख २९ गते कोहलपुरबाट आएका हुन्। चन्द्रागिरि नगरपालिकामा यसअघि संक्रमण पुष्टि भएकी महिलासँग एउटै गाडीमा उनी पनि आएको चन्द्रागिरि नगरपालिका–१, का वडाध्यक्ष देशेन्द्र महर्जनले बताए। उनी सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी कर्मचारी भएको पुष्टि भएको छ। उनलाई सशस्त्र प्रहरीले क्वारेन्टिनमा राखेको थियो।

कञ्चनपुरबाट आएकी महिलामा संक्रमण देखिएपछि उनीसँगै आएका सबैको स्वाब संकलन गरिएको थियो। ८ जना एउटै निजी गाडीमा आएकामा दुई जनामा संक्रमण देखिएको हो। ती महिलाका छोराछोरीमा भने संक्रमण देखिएको छैन। उनका छोराछोरी र श्रीमान् ( सशस्त्रका वरिष्ठ हवल्दार) लाई पनि होम क्वारेन्टिनमा राखिएको छ।

उनलाई अहिले सशस्त्र प्रहरी अस्पताल बलम्बुको आइसोलेसनमा भर्ना गरिएको छ।

यस्तै अर्की कपिलवस्तुकी बालिका भने त्रिवि शिक्षण अस्पतालकी बिरामी हुन्। उनीमा कोरोना पुष्टि भएपछि अस्पतालमा अहिले बैठक बसिरहेको र अब बाँकीको ट्रेसिङका लागि छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad