कारोबार


उपत्यकामै संक्रमित भेटिएपछि सेयरबजार पुनः ५ गतेसम्म बन्द

उपत्यकामै संक्रमित भेटिएपछि सेयरबजार पुनः ५ गतेसम्म बन्द

नेपालखबर
जेठ १, २०७७ बिहिबार ६:३५,

नेपाल धितोपत्र बोर्डले लकडाउनकै बीच खुलेको सेयरबजार पुनः बन्द गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ।

बोर्डले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र उपत्यकामै संक्रमित भेटिनथालेको भन्दै लकडाउन अवधिभर सेयरबजार नखोल्न निर्देशन दिएको हो। 

आजदेखि उपत्यकामा लकडाउनमा थप कडाइ हुने, सवारीपास समेत बन्द भइसकेकोले लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्न उक्त निर्णय गरेको बोर्डले नेप्सेलाई भनेको छ।

share market closure

बोर्डको निर्देशनसँगै आज बसेको नेप्से सञ्चालक समितिको बैठकले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार ५ गतेसम्म बजार बन्द गरिएको नेप्सेका उपप्रबन्धक प्रविन पन्दाकले जानकारी दिए।

आगामी ५ गतेसम्म सरकारले लकडाउन आह्वान गरेको छ। लकडाउन थप भए सेयरबजार पुनः बन्द हुने देखिएको छ।

यसअघि बोर्डले नै वैशाख ३० गतेदेखि सेयरबजारको दोस्रो कारोबार खुल्ला गरेको थियो। कारोबार खुलाए पनि दुवै दिन बजारमा नेगेटिभ सर्किट ब्रेक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad