नेपालमा कोरोनाको संक्रमणमा परेका थप दुई जना निको भएका छन्।
चितवन र बुटवलका अस्पतालबाट त्यस्ता एक पुरुष र एक महिला बुधबार डिस्चार्ज भएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार चितवनकी ६३ वर्षीया महिला र बुटलवका २५ वर्षीय युवक कोरोनाबाट मुक्त भएका हुन्।
भरतपुर अस्पतालमा उपचाररत महिलाको पछिल्लो दुईपटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार समेलनमा जानकारी दिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ।
बुधबारसम्मकाे तथ्यांकअनुसार निको भएकासमेत जोड्दा नेपालमा कोरोनाले भेटेका व्यक्तिको संख्या २४३ पुगेको छ।
3
Shares

प्रतिक्रिया