समाज


घट्यो वर्षा, आज काठमाडौं उपत्यकासहित अधिकांशमा स्थानमा घाम

घट्यो वर्षा, आज काठमाडौं उपत्यकासहित अधिकांशमा स्थानमा घाम

नेपालखबर
जेठ १, २०७७ बिहिबार ०:५६,

आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् झन्डै १ महिनादेखि सक्रिय विभिन्न मौसमी प्रणाली कमजोर हुँदै गएको छ। त्यसकारण यसअघि जस्तो अब वर्षा हुने सम्भावना नरहेको वरिष्ठ मौसमविद् वरुण पौडेललले जानकारी दिए।

‘प्रिमनसुन हो, अपराह्न या साँझपख देशका पहाडी भेगमा छिटफुट वर्षा हुन सक्छ,’ बिहीबार बिहान उनले भने, ‘त्यसबाहेक आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना छैन।’

उनका अनुसार यसअघि बंगालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुसमेत कमजोर भएको छ भने पश्चिमी वायुको पनि थोरै प्रभाव छ।

‘यी प्रणाली कमजोर हुँदै गएका छन्, ’ मौसमविद् पौडेलले भने, ‘त्यही भएर अब देशभरजसो नै खासै वर्षाको सम्भावना देखिन्नँ।’

उनका अनुसार प्रिमनसुन भएकाले ठाउँठाउँमा बादल भन्ने र अपराह्नपछि वा साँझपख कतै कतै गड्यागुडङ भएर क्षणिक वर्षा भइहाल्न पनि सक्छ।

‘काठमाडौं उपत्यकामा पनि आज दिनभरजसो नै घाम लाग्ने देखिन्छ,’ उनले भने, ‘तर प्रिमनसुनको सिजन भएकाले अपराह्न वा साँझपख केही निश्चित ठाउँ (बादल बनेको स्थान) मा छिटफुट वर्षा हुन पनि सक्छ।’

आजलाई खासगरी पश्चिम र पूर्वका पहाडी भेगमा मौसम बदली भई छिटफुट वर्षा हुने सम्भावना छ, त्यसबाहेक देशका अन्य स्थानमा वर्षाको सम्भावना छैन। पश्चिम दिपायल, पोखरा, बागलुङसहित आसपास तथा पूर्व ओखलढुंगा, विराटनगर, धनकुटा साइडमा पानी पर्न सक्छ। यस्तै आज गोरखाआसपास पनि क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए।

उनका अनुसार प्रिमनसुन भएकाले जहाँ जहाँ पानी पर्छ त्यहाँ त्यहाँ हावाहुरी, चट्याङको पनि सम्भावना रहन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad