दाङ र रोल्पामा दुई जनाको शव फेला परेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरस्थित बबई नदीमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका-१४ चौपरिया बस्ने पिमलाल केसीकी छोरी ३ वर्षीया सलिना केसीको शव फेला परेको हो।
सोमबार बालिका नदीमा मृत अवस्थामा फेला परेकी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि रोल्पाको परिवर्तन गाउँपालिका-५ कोरल बस्ने ६२ वर्षीया तिलु रोका मगर पनि मृत भेटिएकी छन्।
मगर आफ्नै घर नजिकै सोमबार मृत अवस्थामा फेला परेकी हुन्।
उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
54
Shares

प्रतिक्रिया