चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)ले सबै फिल्मलाइ युनिभर्सल सर्टिफिकेट दिएको हो।
निर्माण पक्षका अनुसार फिल्मलाई बोर्डले सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन्। रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले थप प्रचारलाई तिब्रता दिएका छन्।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्।
यो फिल्म कमेडी तथा सामाजिक कथामा आधारित छ। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले) को अभिनय छ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। फिल्मलाई शिव ढकालले खिचेको हुन् भने यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन्।
Shares

प्रतिक्रिया