राजनीति


कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

नेपालखबर
चैत १०, २०८२ मंगलबार १२:७, काठमाडौँ

जेनजी आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। 

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विरोध प्रदर्शन गरेको छ। उनीहरूले ‘जेनजी आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्। 

आन्दोलनका क्रममा भएका घटना र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोश पोखेका छन्। यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन्। 

प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने विद्यार्थीले जनाएका छन्। यसअघि पनि विभिन्न विद्यार्थी संगठनले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले गत फागुन २४ मा सरकारलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ। तर, सरकारले सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad