स्पेनकी १ सय १३ वर्षीया वृद्धा काेराेना मुक्त्त भएकी छन्। काेराेना संक्रमित मारिया ब्रान्यास उपचारपछि कोरोना मुक्त भएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्पेनका अधिकारीहरूका अनुसार उनी देशका संक्रमितमध्ये सबैभन्दा बढी उमेरकी महिला हुन्।
गएको मार्चमा स्पेनमा लकडाउन सुरु हुँदा मारियालाई संक्रमण पुष्टि भएको थियो। उनलाई सामान्य लक्षण मात्रै देखिएको र आइसोलेशनमा राखेको केही सातापछि उनी कोरोना मुक्त भएकी हुन्।
मारियाले सन् १९१८–१९ को स्पेनिस फ्लुको महामारी र १९३६–१९३९ सम्मको स्पेनिस गृहयुद्धसमेत भोगेकी छन्।
‘हजूरआमा निको हुनुभयो, बोल्न र वर्णन गर्न चाहनुहुन्छ। उहाँ फेरि फर्किनुभएको छ,’ उनकी छोरीले भनेकी छन्।
उनका जेठो छोरा ८६ वर्षका छन्। उनका सबैभन्दा जेठा नाती ६० वर्षका छन्। उनका १३ जना पनाती छन्।
यसैबीच अहिलेसम्म विश्वभर १६ लाख भन्दा धेरै कोरोना संक्रमित उपचार पनि निको भएका छन्।
अहिलेसम्म संक्रमित भएका ४४ लाख २५ हजार ५ सय ३२ मध्ये १६ लाख ५६ हजार ३ सय ८२ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।
अहिले विश्वभर गरी २४ लाख ७१ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ९ सय २३ जनाको अवस्था मात्रै गम्भीर छ।

प्रतिक्रिया