समाज


गुडिरहेको स्कुल बसबाट खस्दा बालकको मृत्यु

गुडिरहेको स्कुल बसबाट खस्दा बालकको मृत्यु

नेपालखबर
चैत ५, २०८२ बिहिबार ११:१८, काठमाडौँ

गुडिरहेको स्कुल बसबाट खस्दा उदयपुरमा एक बालकको मृत्यु भएको छ। 

बेलका नगरपालिका- ४ हरीपुर शिसवारी भित्रि सडक खण्डमा को.१ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट खसेर नौ वर्षीय बालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा बेलका बोर्डिङ स्कुलमा अध्ययनरत स्थाीय कृष्ण बस्नेतका छोरा ९ वर्षीय सफल बस्नेत रहेका छन्। 

जहडाबाट हरिपुरतर्फ जाँदै गरेको बसबाट अचानक खस्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

घटनाको सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट  प्रहरी टोली पुगेको थियो। 

बालकको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ। 

दुर्घटनापछि बस चालक बेलका नगरपालिका-८ सिसौली बस्ने ३४ वर्षीय प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad