समाज


सिटी सफारी चालकले क्याफेमा पुर्‍याएकी किशोरीमाथि होटल सञ्चालकसहित ५ जनाद्वारा सामूहिक बलात्कार

आरोपी पाँचैजना प्रहरी नियन्त्रणमा
सिटी सफारी चालकले क्याफेमा पुर्‍याएकी किशोरीमाथि होटल सञ्चालकसहित ५ जनाद्वारा सामूहिक बलात्कार

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:२१, विराटनगर

मोरङको सुनवर्षी नगरपालिकामा एक किशोरीलाई पाँच जना युवकले सामूहिक रुपमा बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 

आरोपी पाँचै युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

​जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यही साउन ३ गते बिहानको समयमा मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने १८ वर्षीय सिटी सफारी चालक मोहम्मद अरमानले ती किशोरीलाई ललाइफकाइ रंगेली–७ स्थित युमी क्याफेमा पुर्याएका थिए। 

त्यहाँ उनले किशोरीलाई जबरजस्ती करणी गरेपछि सोही क्याफेका सञ्चालक सुनवर्षी–१ बस्ने २१ वर्षीय सुमन कुमार साहले पनि किशोरीमाथि जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

​त्यसैगरी, साउन ४ गते राति ९ बजे रंगेली–७ बस्ने २० वर्षीय करण मण्डलले पनि पीडित किशोरीलाई पुनः रंगेली–७ स्थित संसारी मन्दिर छेउमा रहेको ‘द नाइन्टीज‚ क्याफेमा पुर्‍याएका थिए। 

त्यहाँ मण्डलसहित रंगेली–७ बस्ने १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ बस्ने १८ वर्षीय रितिक यादवले उनलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।

​पीडितको उजुरीका आधारमा साउन १० गते साँझ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका मोहम्मद अरमान, सुमन कुमार साह, करण मण्डल, प्रियान्सु साह र रितिक यादवमाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad