समाज


सुनसरी घटना छानबिन गर्न समिति गठन

सुनसरी घटना छानबिन गर्न समिति गठन

नेपालखबर
साउन ११, २०८३ सोमबार १२:१५, काठमाडौँ

सरकारले सुनसरी घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। 

गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। 

समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ऊर्जा मन्त्रालयका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहनेछन्। 

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गएराति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 

झडपमा केही सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ। घटना थप बढ्न नदिन अहिले सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश लगाइएको छ। तर मृतक र घाइते पक्षका समूहले ठाउँठाउँमा प्रदर्शन गरिरहेको सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए। 

पूर्वपश्चिम राजमार्ग पनि अहिले बन्द छ। केही ठाउँमा प्रदर्शनकारी र प्रहरीबिच सोमबार पनि झडप भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad