चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। आज बिहान त्रिभुवन विमानस्थलमा शर्मालाई कामु प्रधानन्यायाशीश सपना प्रधान मल्लले स्वागत गरेकी छन्।
शर्मा भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते भारत गएका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको छ।
प्रधान न्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी लिएका छन्।
33
Shares

प्रतिक्रिया