अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका पूर्वनिर्देशक जो केन्टका विषयमा अनुसन्धान गरिरहेको छ।
यद्यपि उनीविरुद्ध राजीनामा दिनुभन्दा अघि नै यस हप्ताको सुरुमै अनुसन्धान सुरु भइसकेको बीबीसी सम्बद्ध सीबीएस न्युजले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
सीबीएस न्युजले लेखेको छ, ‘तर यो समाचार लेख्ने बेला प्रतिक्रिया माग्दा एफबीआईले जवाफ दिएन।’
अमेरिकाले इरानविरुद्ध युद्ध गर्नु गलत भएको भन्दै ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक केन्टले यसै हप्ता राजीनामा दिएका थिए। त्यस क्रमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह पनि गरेका थिए।
जो केन्टले आफ्नो एक्स अकाउन्टमा जारी गरेको पत्रमा लेखेका छन्, ‘इरानबाट अमेरिकालाई तत्काल कुनै खतरा छैन।’
साथै उनले इजरायलको दबाबका कारण ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेको दाबी पनि गरेका छन्।
यसैबिच राष्ट्रपति ट्रम्पले जो केन्टको राजीनामाबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘उनले पद छाडेकै राम्रो हो।’
Shares

प्रतिक्रिया