समाज


प्रधानन्यायाधीश राउतले भने- हामी बदलिनु पर्छ

प्रधानन्यायाधीश राउतले भने- हामी बदलिनु पर्छ

नेपालखबर
चैत ३, २०८२ मंगलबार १७:३, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समय अनुसार न्याय क्षेत्र पनि बदलिनुपर्ने बताएका छन्।

मंगलबार उच्च अदालत, तुलसीपुरको अनुगमनपछि आयोजित कायक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले निष्पक्ष न्याय सम्पादन गर्ने अठोट गर्नुपर्नेमा जोड दिए। सेवाग्राहीलाई सहज र अदालतप्रति भरोसा गर्न योग्य बनाउन पनि बदलिनुपर्नेमा जोड दिए। 

‘हामी बदलिनु पर्छ। हामीले बदलिने अठोट र प्रण गर्नुपर्छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘यदि हामीले बदलिने अठोट र प्रण गर्‍यौँ भने फेरि यस्तो जले पनि हाम्रो न्याय सम्पादन गर्ने हाम्रो अठोट र इरादा कहिल्यै जल्न सक्दैन। कहिलै खरानी हुन सक्दैन।’

उनले जेनजी आन्दोलनमा जलेका अदालतको प्रसंग निकाल्दै यस्तो भनेका छन्। जेनजी आन्दोलनमा कसरी अदालत जले भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। ‘कुन-कुन अभिप्रायले कसरी अदालत जले त्यसको समीक्षा हामी गर्दै गरौंला। समीक्षा केही हदसम्म हामीले गरेका पनि छौँ,’ उनले भने। 

अदालत जल्नुमा सेवाग्राहीको नजानिँदो आक्रोस पनि थियो कि भनेर उनले प्रश्न गरे। त्यसैले न्याय सम्पादनमा विचार गर्नुपर्ने बेला आएको उनको भनाइ थियो। 

‘म अहिले पनि भन्छु- देशको बदलिँदो परिवेशमा न्यायाधीशहरू, कर्मचारी साथीहरू, विशेष गरेर कानुन व्यवसायी साथीहरू, हिजोको जस्तो तरिकाले आफ्नो सेवा प्रवाहमा सरिक भयौँ भने र हामीले आफूलाई बदल्न सकिएन भने कतै हाम्रो कारणले सेवाग्राहीहरूमा त्यो नजानिँदो आक्रोश त थिएन? सायद त्यता पनि विचार गर्ने कि?,’ प्रश्न गर्दै प्रधानन्यायाधीश राउतले भने, ‘हिजोको जस्तो तरिकाले न्याय सम्पादन गर्दाखेरि कतै मान्छेलाई चित्त नबुझेको त होइन? अलिकति विचार गर्नुपर्‍यो त्यसमा।’

जेनजी आन्दोलनमा खरानी भएको ठाउँमा न्यायालय उठेको उनले बताए। अब जलेका अदालतका भौतिक संरचना निर्माणका लागि स्रोत साधन जुटाउन पहल गर्ने उलने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad