समाज


आज कहाँ कस्तो छ बाढीको जोखिम?

आज कहाँ कस्तो छ बाढीको जोखिम?

नेपालखबर
साउन ९, २०८३ शनिबार ९:५५, काठमाडौँ

बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा ठुलो बाढी आउने सम्भावना नदेखिए पनि वर्षा जारी रहने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाइराख्न सुझाव दिएको छ। 

बाढी महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आगामी २४ घण्टा बाढीको जोखिम कम देखिए पनि खोला-नदी आसपास सामान्य सतर्कता भने आवश्यक छ। 

बाढी महाशाखाले भनेको छ, ‘आगामी तीन दिन देशका प्रमुख नदीहरूमा ठुलो बाढी जोखिमको सम्भावना देखिँदैन। तर वर्षाको पुर्वानुमान विश्लेषण गर्दा कोसी, बागमती र नारायणी नदी जलाधारको औसत वर्षा हल्कादेखि मध्यमसम्म रहने देखिएकाले ती नदीहरू र तिनका शाखा नदीहरूमा बहाब बढने देखिन्छ। आगामी २४ घण्टा कोसी प्रदेशका सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाहरू, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा जिल्लाहरू र गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्लाहरूमा आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहेकाले सामान्य सतर्कता अपनाइराखौँ।’

बाढीबारे विस्तृत जानकारी तल

यो पनि : यस्तो छ मनसुनी रेखाको अवस्था, यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad