समाज


राशिफल ३ चैत : सिंह दोधारमा पर्ने, तुलाले नयाँ काम पाउने, तपाईँको दिन कस्तो?

राशिफल ३ चैत : सिंह दोधारमा पर्ने, तुलाले नयाँ काम पाउने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
चैत ३, २०८२ मंगलबार ४:३८, काठमाडौँ

आज मङ्‌गलबार, ३ चैत २०८२ (१७ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। काममा चुनौती र झमेला आउन सक्छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीले दिल खोलेर सहयोग गर्ने छन्।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम जीवन सुखद हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन: पुरानो समस्या सुल्झिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। सेयर बजार र एजेन्टको काममा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको दर्शन गर्नाले राम्रो हुनेछ। कालो रङको प्रयोग नगर्ने।

कर्कट: स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। आँटे-ताकेको पूरा होला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। मनमा उत्साह छाउनेछ। मन्त्र- अलग हुनु विशेष हुनु हो।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सूर्यनारायणको दर्शन गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशा नजाने।

सिंह: मनमा दुबिधा उत्पन्न हुनेछ। बनिसकेको काममा भत्किँदा मन खिन्न होला। नियमित खर्च बढ्ने योग छ। सामाजिक कामको दायित्त्व बढ्नेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ३९, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। मन्त्र- मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: कार्यसिद्धिको योग छ। मनपर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। दैनिक कार्यमा प्रगति हुनेछ। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्नाले राम्रो हुनेछ। झुट नबोल्ने।

धनु: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शरीरमा स्फूर्तिको कमी हुनेछ। सुन्दरतामा धन खर्च हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। मन्त्र- अरूको कुरा सुनेर मात्र आफ्नो धारणा राख।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सेयर बजार र पेसा-व्यवसायका क्षेत्रबाट फाइदा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक कार्यमा विशेष रुचि जाग्ने देखिन्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad