कला


अस्कर अवार्डमा ‘वान ब्याटल आफ्टर एनोदर’को वर्चस्व, जित्यो ६ विधामा अवार्ड (सूचीसहित)

अस्कर अवार्डमा ‘वान ब्याटल आफ्टर एनोदर’को वर्चस्व, जित्यो ६ विधामा अवार्ड (सूचीसहित)

माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।


नेपालखबर
चैत २, २०८२ सोमबार १९:७, काठमाडौँ

९८औँ एकेडेमी अवार्ड्स (अस्कर) मा सर्वोत्कृष्ट सिनेमाको उपाधि 'वान ब्याटल आफ्टर एनोदर' जितेको छ। पाउल थोमस एन्डर्सनले निर्देशन गरेको यो सिनेमाले अस्करका ६ वटा अवार्ड जितेको छ। नेपालको समयअनुसार सोमबार सम्पन्न समारोहमा 'ह्याम्नेट' की ज्यासी बक्ली र 'सिनर्स' का माइकल बी जोर्डनले क्रमशः उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड हात पारेका छन्।

‘वान ब्याटल आफ्टर एनोदर’ यी विधामा अवार्ड पायो:
उत्कृष्ट चलचित्र: ‘वान ब्याटल आफ्टर एनोदर’
उत्कृष्ट निर्देशक: पल थोमस एण्डरसन 
उत्कृष्ट सहायक अभिनेता: सन पेन
उत्कृष्ट रूपान्तरित पटकथा
उत्कृष्ट कास्टिङ

उत्कृष्ट सम्पादन

‘वान ब्याटल आफ्टर एनोदर’को कथामा के छ? सन् १९४० को दशकमा चीनमा भएको गृहयुद्धको ऐतिहासिक परिवेशलाई समेटेर निर्माण गरिएको चलचित्र ‘वान ब्याटल आफ्टर एदर’ले युद्ध रणनीतिको नयाँ पाटो उजागर गर्छ । सन् १९५२ मा सार्वजनिक भएको यो क्लासिक चलचित्रमा चिनियाँ जनमुक्ति सेना (पीएलए) ले राष्ट्रवादी सेना (कुओमिन्ताङ) विरुद्ध अपनाएको चतुर रणनीतिको वीरतापूर्ण गाथा प्रस्तुत गरिएको छ।

चलचित्रको मूल कथावस्तु एउटा सैन्य बटालियनको वरिपरि घुमेको छ। सुरुमा हार जस्तो देखिए पनि, त्यो पछि हट्नु वास्तवमा दुश्मनलाई घेराबन्दीमा पारेर ठूलो प्रहार गर्ने एक सैन्य रणनीति रहेको कथा रोचक ढंगले देखाइएको छ। 'एकपछि अर्को लडाइँ' जित्दै अघि बढ्ने लक्ष्य नै फिल्मको मुख्य सार हो। ‘वान ब्याटल आफ्टर एनोदर’ले देशभक्तिको भावना बढाउँछ।

कलाकार झाङ लियाङले बटालियन कमान्डरको सशक्त भूमिका निर्वाह गरेका छन्। उनले कठिन परिस्थितिमा आफ्ना सिपाहीहरूको मनोबल उच्च राख्ने र रणनीतिक कुशलता प्रदर्शन गर्ने पात्रको रूपमा आफूलाई उभ्याएका छन्। हिरोइन याङ झुआनले स्थानीय छापामार टोलीको नेतृत्व गर्ने महिलाको भूमिका निर्वाह गरेकी छिन्। उनले सेनालाई भूगोल बुझाउन, खाद्यान्न आपूर्ति गर्न र शत्रुको सूचना संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।

सिनर्सले जित्यो चार विधामा अवार्ड
सिनर्सले उत्कृष्ट अभिनेतासहित ४ विधामा अवार्ड जित्न सफल भएको छ। यी विधामा सिनर्सले अवार्ड जित्यो:
उत्कृष्ट मुख्य अभिनेता: माइकल बी जोर्डन
उत्कृष्ट मौलिक पटकथा: रायन कुग्लर
उत्कृष्ट छायांकन:
उत्कृष्ट मौलिक सङ्गीत: लुडविग गोरान्सन

सहायक अभिनयको अवार्ड 'वेपन' फिल्मका लागि एनि मेडिगनले जितेकी छिन्। यही विधाको पुरुषतर्फको अवार्ड सियन पेनले हात पारेका छन्। यस्तै, उत्कृष्ट एनिमेटेड चलचित्रको अवार्ड 'केप्प डेमोन हन्टर' ले प्राप्त गर्दा अन्तर्राष्ट्रिय चलचित्रतर्फ 'सेन्टिमेन्टल भ्यालु' उत्कृष्ट ठहरिएको छ। डकुमेन्ट्री विधामा भने 'नो बडी अगेन्स्ट पुटिन' ले बाजी मारेको छ।

‘वान ब्याटल आफ्टर एनोदर’ ले उत्कृष्ट रूपान्तरित (अनुवाद गरिएको) पटकथाको अवार्ड हात पारेको छ। संगीत र प्राविधिक विधातर्फ 'केप्प डेमोन हन्टर' ले उत्कृष्ट ओरिजिनल सङ (गीत) को अवार्ड जितेको छ। 

अस्करको यो संस्करण केवल पुरस्कारको वितरण थिएन, बरु बदलिँदो विश्व-सिनेमाको एउटा बलियो ‘स्टेटमेन्ट’ थियो। ‘सिनर्स’ मार्फत रायन कोग्लेर र लुडविग गोरान्सनले पर्दामा जुन ध्वन्यात्मक र दृश्यगत गहिराइ निर्माण गरे, त्यसलाई अस्करले न्याय गरेको छ। विशेषगरी माइकल बी जोर्डन र ज्यासी बक्लीको जितले के स्पष्ट पार्छ भने, हलिउड अब केवल चमकधमकमा होइन, चरित्रको नसा-नसा छाम्न सक्ने अभिनयको खोजीमा छ। ‘वान ब्याटल आफ्टर एनोदर’ को विजय-यात्रा र ‘नो बडी अगेन्स्ट पुटिन’ ले पाएको पहिचानले सिनेमाले कसरी समयको पदचाप र राजनीतिक प्रतिरोधात्मक चेतलाई आत्मसात् गरिरहेछ भन्ने तथ्यलाई थप प्रस्ट्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad