ad ad

समाज


लालगढकी संक्रमित युवती दिल्लीबाट घर आएपछि भोजमा गएकी थिइन्

लालगढकी संक्रमित युवती दिल्लीबाट घर आएपछि भोजमा गएकी थिइन्

शैलेन्द्र महतो
बैशाख ३१, २०७७ बुधबार ४:१४,

धनुषाको मिथिला नगरपालिका १० लालगढकी २० वर्षीया महिला दुईमहिना अघि दिल्लीबाट घर आएर भोजमा सहभागी भएको खुलेको छ।

उनी श्रीमान र छोरासँगै दिल्ली बस्दै आएकी थिइन्। ससुरा बितेपछि गएको चैत १ गते उनी श्रीमान्, दुईवर्षीय छोरासहित घर आएकी हुन्। 

उनी आफ्नो घरमा १३ औँ दिनको दिन भएको भोज र गाउँमा भएको अर्को एटा भोजमा पनि सहभागी भएको खुलेको छ।

कुनै लक्षण नदेखिए पनि दिल्लीबाट आएको कारण २५ वैशाखमा ती महिला, उनका श्रीमान र दुईवर्षीय छोराको पनि कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो।

मंगलबार स्वबको रिपोर्ट आउँदा ती महिलामा कोरोना पोजेटिभ देखिएको छ भने श्रीमान र छोराको रिपोर्ट निगेटिभ आएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए।

‘ती महिलामा अहिले पनि कोरोनाको कुनै प्रकारको लक्षण देखिँदैन। उनीहरुले पीसीआर टेस्ट पनि गराउन मानेको थिएनन्। हामीले नै गर्नुपर्छ भनेपछि तीनैजनाको स्वब संकलन गरिएको थियो,’ मेयर महतोले भने, ‘तर ती महिलाको रिपोर्ट पोजेटिभ आयो। श्रीमान र छोराको निगेटिभ।’

ती महिला घर आएदेखि घुमफिर गर्दै आएको थाहा भएको उनले बताए। लालगढ माझी टोलकी ती महिला स्थानीय एउटा भोजमा समेत सहभागि भएको स्थानीयले बताएका छन्।

ती महिलालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालमा लग्ने तयारी भइरहेको छ। संक्रमित महिला भेटिएको टोल सिल गर्ने तयारी भएको मेयर महतोले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .