नेकपाको स्थायी समिती बैठक फेरि स्थगित भएको छ ।
पछिल्लो दिन व्यापक मात्रामा कोरोना संक्रमित भेटिएका कारण आज (बुधबार) का लागि तय गरिएको बैठक स्थगित गरिएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गरिएकाे बताए।
‘कोभिद–१९ ले गर्दा अहिलेलाई बैठक स्थगित गरियो,’ नेपालखबरसंग उनले भने।
सो समितिको एक चौथाईभन्दा बढि सदस्यले लिखित रुपमा बैठक माग गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली तत्काल बैठक राख्ने पक्षमा थिएनन्।
लामो विवादपछि बुधबार बिहान ११ बजेबाट बस्ने गरी बैठक तय भएको थियो।
यसअघि बैशाख २५ गते बस्ने तय भएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच सहमति जुट्न नसक्दा स्थगित भएको थियो।
3
Shares
प्रतिक्रिया