ad ad

समाज


सशस्त्रको टोली दार्चुला प्रस्थान, छाङरुमा आजै सीमा निगरानी चौकी स्थापना हुने

सशस्त्रको टोली दार्चुला प्रस्थान, छाङरुमा आजै सीमा निगरानी चौकी स्थापना हुने

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ४:२,

दार्चुलाको लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको हो। सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली त्यसतर्फ गएको छ।

नेपाली भूमिमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेपछि नेपालमा व्यापक विरोध भएको छ। सरकारले अतिक्रमित क्षेत्रको सीमा सुरक्षाका सशस्त्र प्रहरी चौकी स्थापना गर्न लागेको हो।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो। सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको चौकी स्थापना गर्न लागेको हो।

सरकारले गत मंसिरमै त्यहाँ बिओपी राख्ने निर्णय गरेको थियो। मंसिरअघि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो। मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो।

मंसिरयता जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .