समाज


भीरबाट लडेर घाइते भएका निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर घाइते भएका निर्वाचन प्रहरीको मृत्यु

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १३:१४, काठमाडौँ

दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। 

दार्चुलाको लेकम गाउँपालिका-२ का ४० वर्षीय प्रकाश धामी घर फर्किने क्रममा बिहीबार भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। 

उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। उनी बिहीबार घर फर्किने क्रममा लेकम गाउँपालिका-१ स्थित भीरबाट लडेर घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad