नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनः बदली भई हिजो साँझ विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार ३६ मिलिमिटरसम्म वर्षा भएको छ। बदली अझै केही दिन कायम रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन्।
विभागको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा आज सबैभन्दा बढी वर्षा नवलपरासी बर्दघाटपूर्वमा ३६ दशमलव छ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए। नवलपरासी पश्चिममा २८ दशमलव चार, तनहुँमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ।
रुपन्देही काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, म्याग्दी, बागलुङ र डोल्पामा पाँच मिलिमिटरभन्दा कम वर्षा भएको जनाउँदै कायस्थले पूर्व धनकुटामा पाँच दशमलव दुई मिलिमिटर वर्षा भएको बताए।
Shares

प्रतिक्रिया