समाज


सुर्खेत कारागारका ८८ कैदीबन्दीले गरे मतदान

सुर्खेत कारागारका ८८ कैदीबन्दीले गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:५१, सुर्खेत

सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।

बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए।

उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ। 

यसअघि जिल्ला कारागार सल्यानमा रहेका १९ र जुम्लाका १६ जनाले मतदान गरिसकेका छन्। 

यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका सबै मतदानस्थलहरुबाट मतदान सुरु भएर जारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad