समाज


उदयपुरमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु

उदयपुरमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:२, काठमाडौँ

उदयपुरको कटारीस्थित मतदान केन्द्रमा प्रहरीको गोलीले क्षति पुगेको मतपेटिका परिवर्तनपछि पुनः मतदान सुरु भएको छ।

बिहान ७:१३ बजे कटारी नगरपालिका ३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ख मतदान केन्द्रमा असावधानीका कारण प्रहरीकै गोलीले मतपेटिकामा लागेको थियो। 

सर्टगन पड्किएर मतपेटिका क्षति पुगेपछि रोकिएको मतदान मतपेटिका परिवर्तन गरेर पुनः सुरु गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

उदयपुरकै चुहाडेमा कार्यरत प्रहरी जवानले बोकेको सर्टगनबाट अचानक १ राउन्ड गोली (कार्टिज) पड्किएको हो। 

प्रत्यक्ष तर्फको मतपेटिकामा लागी क्षति भएको छ। तर त्यति बेलासम्म चार मत मात्रै खसेको र मतपत्रमा कुनै क्षति नभएको जानकारी प्रहरीले दिएको छ।

अर्को मतपेटिका राखेपछि अहिले मतदान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad