रुपन्देहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय देवदहकाअनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु.प्र०१-००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह-९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो।
राति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी देवदह-५ निवासी २८ वर्षीय सुनिल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई देवदह मेडिकल कलेज, भलुही पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक भीमसेन विष्टले जानकारी दिए।
उक्त दुर्घटनामा परी स्कुटर चालक देवदह-५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन्। उनको देवदह मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया