समाज


मतदानको दिन र शनिबारबाहेक बिदामा पनि सर्वोच्च अदालत ४ घण्टा खुल्ने

मतदानको दिन र शनिबारबाहेक बिदामा पनि सर्वोच्च अदालत ४ घण्टा खुल्ने

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १०:४६, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनसहितका लागि सरकारले फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा दिएको भए पनि मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने भएको छ। 

सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्। 

तर उक्त अवधिमा पर्ने मतदान हुने दिन र शनिबारबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जानकारी सर्वोच्च अदालतले गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad