समाज


निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

नेपालखबर
माघ २८, २०८२ बुधबार १९:२३, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आउँदो प्रतिनिधि सभा निर्वाचन सुरक्षित तवरले सम्पन्न गर्नका लागि खटिन मातहतका निकायलाई निर्देशन दिएका छन्। 

बुधबार पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्दलले एकीकृत सुरक्षा योजनाअनुसार, अन्य सुरक्षा निकाय एवं सरोकारवालासँग् समन्वयात्मक रुपमा काम गर्न पनि निर्देशन दिएका छन्। जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति सिग्देलले सामूहिक भावनालाई कायम राख्दै एकढिक्का भएर काम गर्न भनेका छन्। 

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयमा पनि छलफल भएको नेपाली सेनाले जनाएको छ। बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीलगायत अधिकृतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad