ad ad

समाज


निको भइसकेका व्यक्तिको वीर्यमा देखियो कोरोना, यौन सम्पर्कबाट पनि सर्ने खतरा!

निको भइसकेका व्यक्तिको वीर्यमा देखियो कोरोना, यौन सम्पर्कबाट पनि सर्ने खतरा!

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १६:५१,

कोभिड-१९ संक्रमण निको भएका पुरुषको वीर्यमा पनि कोरोना भाइरस पाइएको एक अध्ययनले देखाएको छ।

गत फेब्रुअरीमा कोरोना महामारी उच्च बिन्दुमा पुगेकै बेला चीनको सान्चु म्युनिसिपल हस्पिटलमा उपचार गराएका ३८ पुरूषमा लागेको चिनियाँ अनुसन्धानकर्ताले गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो।

यसले यौन सम्पर्कबाट पनि कोरोना अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना देखिएको अनुसन्धानमा उल्लेख छ। ३८ पुरूषमध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस देखिएको जामा नेटवर्क जर्नलमा प्रकाशित छ।

‘कोभिड(१९ का बिरामी पुरूषको वीर्यमा कोरोना भाइरस पाइएको छ। कोरोना संक्रमणबाट निको हुँदै गरेका पुरूषको वीर्यमा पनि भाइरस पाइएको छ‚’ बेइजिङस्थित चाइजिन पिपुल्स लिबरेसन आर्मी जेनेरल हस्पिटलका डियाङ्गेङ ली र उनका समकर्मीले भने‚ ‘पुरूष प्रजनन प्रणालीमा भाइरस बढ्न नसक्ने भए पनि यो दीर्घकालीन रूपमा त्यहीं रहन पनि सक्ने र ‘प्रिभिलेज्ड इम्युनिटी’ द्वारा पनि निको पार्न नसक्ने किसिमको हुन्छ।’

तर प्रजनन अंगमा भेटिएका सम्पूर्ण भाइरस यौनजन्य क्रियाबाट सर्छन् नै भन्ने निश्चित भने नहुने अनुसन्धानकर्ताले बताएका छन्।

‘कोरोना भाइरस शारीरिक सम्पर्कबाट पनि सरेको पुष्टि भएमा यो संक्रमणलाई नियन्त्रण गर्न अझ कठिन हुने निश्चित छ‚’ अनुसन्धानकर्ताले भने‚ ‘यसबाट संक्रमित कि शारीरिक सम्पर्कबाट टाढा रहनु कि त अस्थायी साधनको प्रयोग गर्नु नै यसको विकल्प हुन सक्छ।’

निको भइसकेका पुरूषबाट पनि वीर्यमा भएको कोरोना भाइरसमा सर्ने सम्भावना पनि देखिएको उनीहरूको भनाइ छ। तर यसबारे अझै अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ता बताउँछन्। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .