गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा ‘जातीय विभेद’ गरेको भन्दै ५१ जना दलित अगुवाहरुले विरोध गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति निकालेर दलित संघसंस्थाका प्रतिनिधिहरुले सांसद थापामाथि कारबाही गर्न माग गरेका छन्।
पोखरा–१६, बाटुलेचौरमा भएको जातीय उत्पीडनको घटनामा सांसद थापाले पीडकहरुको पक्षपोषण गरेको आरोप छ। नेकपाकै कास्की जिल्ला सदस्य मोहन सुनार र उनको परिवारमाथि जातीय भेदभाव गरेको भन्दै सांसद थापाको आलोचना भएको हो।
दलित अगुवाहरुले मोरङको मिक्लाजुङ गाउँपालिकामा १४ वर्षीय दलित किशोरीमाथि भएको बलात्कारको घटनासमेत जोड्दै दुवै घटनामा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।
विज्ञप्तिमा पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य जितु गौतम र पूर्व सांसद खेम नेपालीलगायत अगुवाहरुको हस्ताक्षर छ।
याे पनि पढ्नुहाेस्: जातीय उत्पीडनको मुद्दामा मुछिए गण्डकीका सांसद थापा
प्रतिक्रिया