हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले पर्साबाट एक युवकलाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-१३ राधेमाई बस्ने ६५ वर्षीय केपी चन्द राउत बरईको हत्या गरेको अभियोगमा वीरगन्ज- २३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादव प्रक्राउ परेका हुन्।
उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वादविवादको क्रममा अर्जुनले कुटपिट गर्दा गम्भीर घाइते भएका केपि चन्दलाई उपचारको लागि तराई हस्पिटल वीरगन्ज लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्याको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्मा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
87
Shares

प्रतिक्रिया