देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको भने घाइते भएका छन्।
बैतडीको पुर्चैडी नगरपालिका-७ बडचौरस्थित सडकमा गएराति जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
पुर्चौडीबाट बेहुली लिएर बझाङतर्फ जाँदै गरेको सु. प.प्र-०२-००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ६ जनाको घटनास्थलमै र सात जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बसमा सवार २३ जनाको डडेल्धुरा अस्पतालमा, ८ जनाको निसर्ग अस्पताल धनगढी कैलालीमा र ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सुनसरीको हरिनगर गाउँपालिका-२ मा को.२ त ६२४ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हनुेमा गढी गाउँपालिका-५ हात्तीमुडा बस्ने ६० वर्षीय भागवत साह छन्। उनको बिहीबार राति मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्।
त्यसैगरि सुनसरीको कोशी गाउँपालिका- जमुवामा प्र.०१-०२-००१ ज ४५२८ नम्बरको विङ्गरले प्रदेश ०१-०२-०४४ प ७१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय रामशंकर यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सिन्धुलीको सुनकोशी गाउँपालिका-५ खहरे गाउँमा बोलेरो गाडी दुर्घटना हुँद एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
म.प्र.०३-००१ च ८५०० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गाडीमा सवार सुनकोसी गाउँपालिका-६ बस्ने ३३ वर्षीय रामकृष्ण स्यवा भन्ने रामकृष्ण नेपालीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ३ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।
चालक समेत १७ जनाको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि रौतहटको ईशनाथ नगरपालिका-४ मठिया टोलमा बा.१५ च ४२४४ नम्बरको कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
स्थानीय मोहमद सगिरकी छोरी ४ वर्षीया अल्फा खातुनको बिहीबार दिउँसो कारको ठक्करबाट मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि बाँकेको कोहलपुर नगरपालिका-७ लखनबार नजिकै टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
लखनबारबाट प्रिप्रहवा चोकतर्फ आउँदै गरेको भे.१ ख ३४९५ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ प्रसादीपुर बस्ने ६० वर्षीय दीपक खड्काको आज बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक फरार भएका छन्।
यी सबै दुर्घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Shares

प्रतिक्रिया