ad ad

समाज


 संखुवासभामा जंगली च्याउ खाएका एकको मृत्यु, पाँच जना उपचारपछि घर फर्के

 संखुवासभामा जंगली च्याउ खाएका एकको मृत्यु, पाँच जना उपचारपछि घर फर्के

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ७:४०,

संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर एकको मृत्यु भएको छ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराति विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए।

बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो। सो अस्पतालले उनलाई यही २३ गते नोबेल रिफर गरेको थियो।

गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकांक्षा बिरामी भएका प्रहरीले जनाएको छ। बिरामी परेकामध्ये पाँच जना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .