ad ad

राजनीति


संसद् बैठकका लागि यसरी तयार पारिएको छ सभाहल (फोटोफिचर)

संसद् बैठकका लागि यसरी तयार पारिएको छ सभाहल (फोटोफिचर)

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ७:३०,

कोरोना (कोभिड–१९) संक्रमणको जोखिमबीच आज (शुक्रबार) अपराह्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै छ।

विश्वव्यापी रुपमा फैलिएको उक्त भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुनलागेको हुँदा संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा सांसदहरुबीच दूरी कायम गर्नेलगायतका विशेष व्यवस्था गरिएको छ।

Parliament Corona 1

सांसदहरु बस्ने कुर्सीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद् भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुनपानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ।

Parliament Corona 2

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा उच्च सतर्कता अपनाइएको बताए। उनले बैठक कक्षभित्र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड, सरकारको निर्णय र स्वास्थ्यटोलीले तय गरेका अन्य विभिन्न मापदण्डअनुसार बैठक सञ्चालन गरिने बताए।

Parliament Corona 3

सभामुखका अनुसार सांसदहरु बस्ने कुर्सीको दायाँ–बायाँ एक मिटर ५० सेन्टिमिटर दूरी कायम गरिएको र अगाडि–पछाडि १ मिटर ३० सेन्टिमिटर कायम गरिएको छ।

Parliament Corona 5

सो बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका सांसदलगायत कर्मचारीमध्ये ४४१ को रिपोर्ट आइसकेको छ भने उनीहरु कसैमा पनि कोरोना देखिएको छैन।

Parliament Corona 6
Parliament Corona 8
Parliament Corona 9
Parliament Corona 11
Parliament Corona 12
Parliament Corona 13
Parliament Corona 14
Parliament Corona 15
Parliament Corona 16
Parliament Corona 17

सबै तस्बिरः प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .