काठमाडौँसहित विभिन्न स्थानमा सात जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-२५ भेडासिङ डेरा गरी बस्ने एक युवक कोठा नजिकै मृत भेटिएका छन्।
मृतक काठमाडौँकै चक्रपथ घर भएका ३८ वर्षीय शशि बिक्रम थापा रहेका प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन।
त्यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीको शान्ति सामुदायिक वनमा एक युवती मृत भेटिएकी थिए।
स्थानीय बंग्यादोल खोलामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरि लमजुङको दुधपोखरी गाउँपालिका-६ डाँडाथोक बस्ने ७४ वर्षीय राज कुमार कामी पनि मृत भेटिएका छन्।
उनी सोही गाउँपालिका-६ साङलो पानी क्रेतुङखेतस्थित जंगलमा शनिबार मृत भेटिएका हुन्।
त्यसैगरि प्युठानको गौमुखी गाउँपालिका-६ लिबाङमा पनि १९ वर्षीया युवती मृत भेटिएकी छन्।
स्थानीय शर्मिला घर्तीलाई स्थानीय जंगलमा मृत फेला पारिएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यसैगरि मोरङको बुढीगंगा गाउँपालिका-७ मा पनि एक पुरुष मृत भेटिएका छन्।
स्थानीय बजरंगवली मन्दिर नजिकै झाडीमा सोही गाउँपालिका-६ बस्ने ५५ वर्षीय राजु उराउ मृत भेटिएका हुन्। उनको मत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि पाँचथरको फिदिम नगरपालिका-२ बतासे बस्ने ६६ वर्षीय पुष्प प्रसाद ढुङ्गाना पनि मृत भेटिएका छन्।
उनी फिदिम-२ कै समाधीस्थल छेउमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
त्यसैगरि चितवनको भरतपुर महानगरपालिका-१ मा पनि एक महिलाको शव फेला परेको छ।
स्थानीय नारायणी नदी किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। यी सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया