समाज


बालकुमारी पुलमा गाडीको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

बालकुमारी पुलमा गाडीको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

नेपालखबर
माघ १८, २०८२ आइतबार १३:२०, काठमाडौँ

काठमाडौँको बालकुमारी पुलमा पिकअफ भ्यानले ठक्कर दिँदा घाइते पैदलयात्रीको उचपारका क्रममा मृत्यु भएको छ। 

गए राति बा. प्र. ०३-०२६ च १७०६ नम्बरको पिकअप भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको थियो। उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो। 

उनको उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। मृतक अन्दाजी ५० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन। 

गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad