ad ad

समाज


अध्ययन भन्छः कोरोना सर्ने मुख्य माध्यम आँखा पनि

अध्ययन भन्छः कोरोना सर्ने मुख्य माध्यम आँखा पनि

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ६:१०,

मानिसमा कोरोना भाइरस सर्ने विभिन्न मार्गमध्ये आँखा पनि एक मुख्य माध्यम भएको एक अध्ययनले देखाएको छ।

हङकङ विश्वविद्यालयले गरेको अध्ययनले यो भाइरस सार्स र बर्डफ्लुभन्दा १०० गुणा बढी संक्रामक रहेको पनि देखाएको छ।

विश्वविद्यालयका जनस्वास्थ्य विज्ञले प्रयोगशालामा गरेको परीक्षणमा कोरोना भाइरस मानिसको माथिल्लो श्वासनली र कन्जङ्कटिभा (आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची-वाईले नेतृत्व गरेको टोलीले गरेको यो खोज द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित छ।

‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाको नमुना लिएर प्रयोगशालामा सार्स-कोभ-२ को अध्ययन गर्दा त्यसलाई सार्स र एच ५ एन १ सँग तुलना गरेका थियौं,’ डा. चानले भनेका छन्, ‘हामीले सार्सको तुलनामा कोरोना भाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौं।’

यो अध्ययनले कोराना भाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः प्रमाणित गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .