प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बिहान ९ देखि ११ बजेसम्म भेटवार्ता भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जनाकारी दिए।
भेटवार्तामा संसदको बजेट अधिवेशनबारे छलफल भएको उनले बताए।
‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै दुई घण्टा भएको भेटवार्तामा संसदको बजेट अघिवेशनबार छलफल भएको हो’, सापकोटाले नेपालखबरसँग भने।
संसद सचिवालयका अनुसार बजेट अधिवेशन दिउँसो ४ बजे सुरु हुनेछ।
प्रतिक्रिया