ad ad

समाज


बन्चरो प्रहार गरी बाबुआमाको हत्या, फोन गरेर हत्याराले नै दिए प्रहरीलाई जानकारी

बन्चरो प्रहार गरी बाबुआमाको हत्या, फोन गरेर हत्याराले नै दिए प्रहरीलाई जानकारी

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार २:४२,

तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्।

इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे दाउरा चिर्ने बन्चरो प्रहार गरी बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई उनले बन्चरो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।

कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ।

जानकारी पाएसँगै प्रहरीले उनको पिछा गरेको थियो। भाग्दै गरेको अवस्थामा पोक्लाबाङ उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।

घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ।

मृतक दम्पतीको सात महिनाकी छोरी छिन्। नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए। हत्याको कारण खुलेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .