ad ad

कला


आमिर खानले झोलामा लुकाएर पैसा बाँडेकै हुन् त?

आमिर खानले झोलामा लुकाएर पैसा बाँडेकै हुन् त?

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार २:३८,

भारतमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी छ। दैनिक ज्यालदारीमा काम गर्ने गरिबहरु बेसाहरा बनेका छन्, खाद्यान्न समस्यामा परेका छन्। उनीहरुलाई सरकार, सामाजिक संस्था एवं बलिउड कलाकारहरुले दान गरिरहेका खबर आइरहेछन्।

अक्षय कुमार, समालन खान, शाहरुख खान, अजय देवगनदेखि स-साना कलाकार सबैले सहयोग गरिरहेका छन्।

केही दिन पहिला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो। त्यसमा गहुँको पिठो राख्ने झोलामा नोट राखेर मानिसलाई वितरण गरिरहेको देखाइएको थियो।

सामाजिक सञ्जालमा दाबी गरियो कि यो काम आमिर खानले गरिरहेका हुन्। तथ्य जाँच गर्दा यो खबरको वास्तविकता पत्ता लागेको छ। आमिर खान स्वयंले यो भिडियोको खण्डन गरेका छन्।

‘मित्रहरु, गहुँको पीठो राख्ने झोलामा पैसा राख्ने मान्छे म होइन। यो पूरै झुटो कथा हो’, उनले ट्विटरमा लेखेका छन्।

टिकटकमा बनाइएको भिडयोमा आमिर खानले ट्रकभरि गहुँको पीठो पठाएको देखाइएको थियो। केहीले एक किलो पीठोले के नै हुन्छ भनेर झोला लिन इन्कार गरेको र झोला लिएर घर जानेहरुले १५ हजार रुपैयाँ नगद पाएको देखाइएको थियो।

आमिरको ट्विट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .