ad ad

छापा खबर


प्रहरीका लागि करोडौंका उपकरण किन्ने निर्णय गोप्य

प्रहरीका लागि करोडौंका उपकरण किन्ने निर्णय गोप्य

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार २:५६,

सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले यो निर्णय गोप्य राखेको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। ्

नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो।

सरकारका प्रवक्ता अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे केही बताएका छैनन्। ‘हाल आवश्यक नरहेको सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो।

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। हतियार किन्न नसकेका बेला तत्काल नभए पनि हुने वाटर क्यानन र सिमुलेटर किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले उक्सायो भन्ने प्रश्न उठेको छ। पाँचवटा सिमुलेटर र एउटा वाटर क्यानन किन्ने निर्णय गोप्य राखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीका लागि थप एउटा वाटर क्यानन र पाँचवटा सिमुलेटर खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा राखेका थिए। नेपाल प्रहरीसँग हाल सातवटा वाटर क्यानन छन्।

गत वर्ष मात्रै पाँचवटा वाटर क्यानन किनिएको थियो। कोरोना संकटका बेला थप वाटर क्यानन आवश्यक नभए पनि किन्ने निर्णय गरिएको स्रोतको दाबी छ। विभिन्न मन्त्रालयबाट अघि बढाइएका खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीलाई तत्काल आवश्यक नरहेको वाटर क्यान किन्ने निर्णय गरेपछि यसमा चलखेल भएको आशंका गरिएको स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .