ad ad

समाज


नेपालगन्ज अपडेट: ६९ रिपोर्ट नेगेटिभ, १५० जनाकाे नजिता आउन बाँकी

नेपालगन्ज अपडेट: ६९ रिपोर्ट नेगेटिभ, १५० जनाकाे नजिता आउन बाँकी

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार २:२३,

तेइस जना कोरोना संक्रमित देखिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा ‘ट्रेसिङ’ (संक्रमितसँग भौतिक सम्पर्क गरेका व्यक्ति पहिचान) र ‘टेस्टिङ’ (आशंकित व्यक्तिको स्वाब परीक्षण) जारी छ।

उपहानगरपालिकाका प्रमुख (मेयर) डा.धवलशमशेर राणाले आज (शुक्रबार) बिहान दिएको जानकारीअनुसार अहिलेसम्म २१९ जनाको स्वाब संकलन भइसकेको छ।

‘तीमध्ये ६९ जनाको नजिता आइसकेका छन्, जुन सबै नेगेटिभ (कोराना भाइरस नभएको) छन्,’ टेलिफोनमा नेपालखबरसँग मेयर राणाले भने, ‘१५० जनाको परीक्षण जारी छ।’

उनका अनुसार आज पनि स्वाब संकलन जारी रहनेछ। ‘कूल तीन सय जनाको स्वाब परीक्षण गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

समूह समूहमा संक्रमण देखिएको नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर ५, ७ र ८ मा हो। यीमध्ये पनि सबैभन्दा बढी वडा नम्बर ८ मा संक्रमित धेरै संख्यामा भेटिएको मेयर राणाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .